Like us!
Follow us!
Connect us!
Watch us!

खुल्ला छोडिदिँदा बैंकहरूको ब्याजदर घटबढ भएको हो, अब स्टेबल हुँदै जान्छ : अध्यक्ष, बैंकर्स संघ

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १६ : १३ मा प्रकाशित

खुल्ला छोडिदिँदा बैंकहरूको ब्याजदर घटबढ भएको हो, अब स्टेबल हुँदै जान्छ : अध्यक्ष, बैंकर्स संघ

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भद्र सहमति ताेडेर खुल्ला छाडिएपछि बैंकहरूकाे ब्याजदर घटबढ भएकाे बताएका छन् । आज संघले आयोजना गरेको पत्रकार सम्मेलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंकहरूले आफ्नो बिजनेस प्लान  र पाेजिसन अनुसार ब्याजदर घटबढ गरेका बताएका हुन् ।

भद्र सहमति नहुँदा र बजारमा खुल्ला हुँदा बैंकहरूले हेल्दी कम्पिटिसन (Healthy Competition) गर्ने उनले बताए । आफूहरूले स्टेबिलिटीको लागि खुल्ला छाडिएको पनि उनले जानकारी दिए ।

ओभरअलमा हेर्दा साउनमा ब्याजर घटेकै थियो र भदौमा भने केही बढेको देखिएकाे भन्दै उनले आउँदा दिनमा ब्याजदर स्टेबल हुँदै जान्छ भन्ने आफूहरूकाे अपेक्षा रहेकाे बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको