Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, ०९ : २९ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण यस आईपीओलाई गोलाप्रथाबाट बाँडफाँड गरियो। आवेदकहरु मध्यमा पनि भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

यस कम्पनीको आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर आवेदनलाई प्रमाणित गर्दा बाँकी रहेका ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर आवेदन बदर भएको छ। जसले गर्दा प्रमाणित आवेदक मध्य ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ। 

कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता छुट्याइएकाे थियाे ।याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा २.३२ गुणा बढी आवेदन हाे ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट ,सीडीएससीको iporesult.cdsc.com.np र सेयरहब मार्फत पनि हेर्न सकिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको