Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओमा १० कित्ते नीति हटाउनु कति उचित ?

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, १३ : ०५ मा प्रकाशित

आईपीओमा १० कित्ते नीति हटाउनु कति उचित ?

नेपालमा कुनै पनि कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दा सर्वसाधारण लगानीकर्ताहरूलाई न्युनतम १० कित्ता सेयर बाँडफाँड गर्ने गरिएको छ । त्यही पनि गोलाप्रथाको प्रणालीबाट । मागभन्दा धेरै आवेदन परेपछि लगानीकर्ताहरूले गोलाप्रथाबाट १० कित्ता सेयर पाउने गरेका छन् ।

तत्कालीन समयमा धिताेपत्र लिएको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले वि.सं. २०७५ साल चैत्र २७ गतेदेखि आईपीओमा न्यूनतम १० कित्तामा आवेदन दिन पाउने व्यवस्था गरिएकाे थियाे । बोर्डले विद्यार्थी, गृहिणी तथा ससाना पूँजी भएका वर्गको पूँजी बजारमा पहुँच बढाउने उद्देश्यका साथ यो व्यवस्था लागू गरेको थियो ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५८ लाख ८१ हजार नाघिसकेको छ । आईपीओ भर्ने लगानीकर्ताहरूको संख्या औषतमा १० देखि १५ लाखको बीचमा छ । कुनै बेला बजार बुलमा छँदा आईपीओ भर्ने लगानीकर्ताहरूको संख्या २३ लाखमाथिसम्म पुगेको थियो । 

सेयर बजारमा लगानीकर्ताहरूको संलग्नता बढाउन धितोपत्र बोर्डले न्युनतम १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको थियो । तर अहिले पछिल्लो समय १० कित्ते नीतिले बजारमा समस्या ल्यायो यसलाई हटाउनुपर्छ भनेर आवाज गुञ्जिन थालिसकेका छन् । यता स्वयमं नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि १० कित्ते नीतिलाई परिमार्जन गर्ने भन्दै गृहकार्य सुरू गरिसकेको छ ।

हालै केही समय अघि मात्रै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सार्वजनिक रूपमै हालको १० कित्ते नीतिले गर्दा अन्डर राइटिङमा समस्या निम्तिएको बताएका थिए । १० कित्ते नीतिमा सकारात्मक कुराहरू भए पनि यसमा भएका नकारात्मक कुराहरू हटाउनुपर्ने आवश्यकता देखिएको हमालले बताएका थिए । १० कित्ते नीति हटाउनुपर्ने उनकाे संकेत थियाे ।

उनले भनेका थिए, “१० कित्ते नीतिले नकारात्मक असरमात्र हैन सकारात्मक प्रभाव पनि पारेको छ । तर, नकारात्मक पक्षलाई कसरी करेक्सन गर्ने भनेर हामी छलफल गरिरहेका छौँ । यो गहन विषय हो । जनतालाई प्रभाव पर्ने गरी केही गर्न पनि भएन । यसका धेरै राम्रा पक्षहरू पनि छन् । अहिलेको नीतिले अन्डर राइटिङ प्रोसेसमा काम गर्न सक्ने अवस्था भएन । मूल्याङ्कनमा अन्डरराइटरले चेक गर्न सक्ने अवस्था पनि भएन । मूल्याङ्कन गर्ने त अन्डर राइटरले हो ।”

यता बजारमा पनि लगानीकर्ताहरूकाे म्रश्रित प्रक्रिया सुनिन्छ । काेही लगानीकर्ताहरू १० कित्ताे नीति हटाउनु ठीक भन्ने तर्क गर्छन् भने काेही लगानीकर्ताकाे राय १० कित्ताे नीति राख्नुपर्छ भन्ने छ । हामीले यसै सन्दर्भमा केही लगानीकर्ताहरूकाे धारणा बुझेका छाैँ ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आईपीओमा १० कित्ते नीतिले बजारमा धेरै भन्दा धेरै लगानीकर्ता भित्रिएकाे बताउँछिन् । 'आईपीओ भनेकै इनिसियल (Initial) लगानीकर्ताहरूका लागि हाे, अलिकति पैसावालाहरूका लागि, जानेर बुझेर गर्नका लागि त सेकेन्डरी मार्केट पनि छ । १० कित्ते नीतिले गर्दा बजार अप एण्ड डाउन भयाे भन्ने त्याे अर्काे कुरा हाेला तर जसरी हामी धेरै भन्दा धेरै लगानीकर्ताहरूलाई बजारमा प्रवेश गर्नुपर्छ भनेर सचेत गराएर आफ्नै पकेटबाट खर्च गरेर Awareness गराएर लगानीकर्ताहरूलाई यसरी भित्र्याइरहँदा एउटा इनिसियल (Initial) लगानीकर्ताहरूलाई राेक्न खाेजेकाे चाहीँ मलाई ठिक लागेकाे छैन । याे चाहीँ नराम्राे नै भन्छु मैले किनभने आईपीओ भनेकै Initial Public Offering भयाे,  इनिसियल (Initial) लगानीकर्ताहरूलाई भित्र्याउने हाे । थाेरै थाेरै पैसा भएकाहरूलाई पनि सेयर बजारप्रति आकर्षण गर्न सकिन्छ । यदि हामी बजारमा धेरै भन्दा धेरै लगानीकर्ताहरूलाई भित्र्याउन चाहान्छाैँ भने याे हटाउनु हुँदैन ।', उनले भनिन् ।

सेयर तथा वित्त विश्लेषक मुक्ति अर्यालले पनि आईपीओमा १० कित्ते नीति हटाउनु उचित नहुने तर्क पेश गरे । अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, 'याे १० कित्ताकाे केही राम्राे छ केहीकेही चाहीँ नराम्राे पनि छ । १० कित्ताकाे नीति मिक्सड छ । १० कित्ताकाे नीति हटाउनु ठिक हुन्छ भनिहाल्न पनि सक्दिँन । यसमा चाहीँ केही सुधार जस्ताे १० कित्ताकाे कारणले जस्ताेपायाे त्यस्तै आईपीओहरू पनि आउने भयाे त्यसले अलिकति असर गरेकाे छ । तर १० कित्ताकाे नीति चाहीँ मेराे विचारमा चाहिन्छ, याे ठिक छ । १० कित्ता किन भन्दा एटलिस्ट केही नभएपनि मार्केटमा लगानीकर्ताहरूकाे सहभागिता बढाइरहेकाे छ । मार्केटमा लगानीकर्ताहरूकाे संख्या बढ्नु भनेकाे राम्राे कुरा हाे । तर १० कित्ताकाे लाेभमा मान्छेहरू बजारमा आएर गुमाउने, जस्ता स्टकहरू पनि सबस्क्राइब गर्ने त्यसमा अलिकति नराम्राे पाटाेहरू पनि छ । त्यसलाई करेक्सन त गर्नु आवश्यक हाे तर १० कित्ता हटाउन म चाहीँ जरूरी देख्दिँन । आज टेक्नाेलाेजीकाे जमाना छ १ कित्ता पनि ट्रेड गर्न पनि सकिन्छ, १ कित्ता पनि अलाेटमेन्ट दिन पनि सकिन्छ त्याे आवेदकहरूलाई । बुक बिल्डिङ आयाे भने १० कित्ते नीति आफैँ ठीक हुन्थ्याे । १० कित्ताकाे कारणले एउटा दिशाबाहेक अरू खासै ठूलाे समस्या ल्याएकाे छ भन्ने मलाई लाग्दैन । १० कित्ता हटाउनु मेराे अपिनियनमा चाहीँ त्यति जरूरी, आवश्यक अथवा ठीक चाहीँ छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको