Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आज देखि आवेदन खुला

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, ०५ : ४५ मा प्रकाशित

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आज देखि आवेदन खुला

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन आज भदौ १८ गतेदेखि खुला भएको छ।  कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले १ : १ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे ।

क-कसले भर्न पाउँछन् ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि साउन २६ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

कहिलेसम्म भर्न पाइन्छ ?

भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन पाइनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  सनराइज क्यापिटल लिमिटेड र नागरिक लगानी काेषलाई नियुक्त गरेकाे छ ।

कहाँबाट दिने आवेदन ?

कम्पनीकाे हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा नागरिक लगानी काेषकाे कार्यालय र अपर तामाकाेशीकाे रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको