Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिश कलेजमा ३ दिने ई–स्पोर्टस् टुर्नामेन्ट सुरू : विद्यार्थीकाे क्रेज बढ्दाे, विजेताले १ लाखसम्म पुरस्कार पाउने

अर्थ संसार

बुधबार, २० भदौ २०८०, १६ : २९ मा प्रकाशित

ब्रिटिश कलेजमा ३ दिने ई–स्पोर्टस् टुर्नामेन्ट सुरू : विद्यार्थीकाे क्रेज बढ्दाे, विजेताले १ लाखसम्म पुरस्कार पाउने

अहिले प्रविधीको युग छ । नयाँ–नयाँ प्रविधी एवं उपकरणहरूमा युवा पुस्ताको आकर्षण बढ्दो छ । पछिल्लो समय ई–स्पोर्टस्‌को लोकप्रियतामा पनि ठूलो वृद्धि भएको देखिएको छ । युवावर्गको यही आकर्षणलाई मध्यनजर गर्दै द ब्रिटिश कलेजले आजबाट ई–स्पोर्टस् टुर्नामेन्ट सुरू गरेको छ । 

आजबाट सुरू भएको टुर्नामेन्ट ३ दिनसम्म चल्नेछ । यो ई–स्पोर्टस् टुर्नामेन्टमा विशेषगरी ३ वटा गेममा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत् पबजीमा ६४ वटा टीम, फिफामा ३२ वटा टीम र भ्यालोरेनमा १६ वटा टीम रहेका छन् । विजेताहरूले १ लाखसम्मकोे नगद पुरस्कार पाउनेछन् । 

याे  ई–स्पोर्टस् टुर्नामेन्टकाे अनुमानित खर्च १३ देखि १४ लाख रूपैयाँ लाग्ने आयाेजकले बताएकाे छ । युवावर्गलाई आईटीको क्रेज बढेको हुनाले आफूहरूले ई–स्पोर्टस्‌ टुर्नामेन्ट सञ्चालन गरेकाे ब्रिटिश कलेजका ईसीए कोअर्डिनेटर हिमाल कार्कीले बताए । साेचेकाे भन्दा धेरै सहभागीहरू आएर हाैसला प्रदान गरिरहेका उनले बताए ।  

यसका साथै, कलेजले प्रोडक्ट सोकेस पनि सञ्चालन गरेकाे छ । जसअन्तर्गत् एआई, मेसिनरी, एन्ड्रोइड, वेब बेस्ड एप्लिकेसन लगायतका विभिन्न ६ प्रकारका एप्लिकेसन प्रदर्शनीमा राखिएकाे छ । ब्रिटिश कलेजमै अध्ययनरत  विद्यार्थीहरुले पाठ्यक्रममा आधारित रहेर उक्त प्रविधि एवं उपकरण निर्माण गरेका हुन् ।

विद्यार्थीहरूले क्षमता वृद्धि गर्नका लागि पाठ्यक्रमसँगै अन्य क्रियाकलापमा विद्यार्थीलाई जोड दिनका लागि प्रोडक्ट सोकेस पनि सञ्चालन गरिएकाे कलेजले जनाएकाे छ । 

युट्युबबाट ई–स्पोर्टस् टुर्नामेन्टकाे लाइभ पनि हेर्न मिल्ने सुविधा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको