Like us!
Follow us!
Connect us!
Watch us!

‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १५ : ०५ मा प्रकाशित

‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमा

द ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ । 

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै नयाँ पाठ्यक्रमको औपचारिक सुरुवात गरेको हो । ‘युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्यान्ड’, युकेसँगको साझेदारीमा सञ्चालित यस विषयलाई बेलायतको इन्जिनियरिङ काउन्सिल, र ब्रिटिस कम्प्युटर सोसाइटीले पनि मान्यता दिएको छ ।

फिनटेक अलायन्स नेपालको सहकार्यमा भएको उद्घाटन समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनका साथै उद्योगी÷व्यवसायी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमसँगै प्यानल छलफल समेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्टले डिजिटल वालेटको युगबारे आफ्ना भनाइहरू राखेका थिए । त्यसपछि भएको प्यानल छलफलमा नेपालमा लोकप्रिय डिजिटल वालेट प्लेटर्फमहरु– ई–सेवा, खल्ती र आईएमई पेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले डिजिटल वालेटको भविष्यमा आर्टिफिसियल इन्टिलिजेन्स कसरी महत्त्वपूर्ण छ भन्नेबारेमा आफ्ना भनाइहरू राखे । उनले कसरी एआईले फिनटेकमा ठूला परिवर्तन ल्याउन सक्छ, र यसका सम्भावनाबारे पनि जानकारी दिए । सुब्बाले आइटिको क्षेत्रमा सिङ्गो देशलाई रूपान्तरण गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त युकेका विश्वविध्यालयका कार्यक्रमहरू नेपालमा ल्याएकोमा ब्रिटिस कलेजलाई धन्यवाद दिए ।

नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालमा डिजिटल लगानीको बारेमा महत्वपूर्ण मन्तब्य दिएका थिए । उनले भने, ‘युके र नेपालबीच बलियो सम्बन्धलाई सुदृढ गर्दै यस अग्रगामी कार्यक्रमको सुरुवात भएको देख्न पाउँदा म निकै खुसी छु । ब्रिटिस कलेज र युनिभर्सिटी अफ वेस्ट अफ इङ्गल्याण्डबीचको सहकार्यले शिक्षा र नवप्रवर्तनलाई बढवा दिने हाम्रो प्रतिबद्धतालाई अझै झल्काएको छ ।’

त्यस्तै, ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रडनले पनि कार्यक्रममा  मन्तव्य राख्दै  ‘हामीले सुदृढ भविष्यको लागि नयाँ प्रतिभालाई सही आकार दिनमा सँधै ध्यान केन्द्रित गरेका छौँ । त्यसैले विश्वभरका उद्योगहरूले एआई प्लेटर्फमहरु अङ्गाल्न थालेको अवस्थामा यस पाठ्यक्रमले दक्ष जनशक्तिहरूको आवश्यकतालाई सम्बोधन गर्नेछ र विद्यार्थीहरूलाई चौथो औद्योगिक क्रान्तिमा नेतृत्व लिन तयार पार्नेछ भनेका थिए । विश्वभरि नै सबैभन्दा धेरै माग गरिएको यस बहुप्रतिक्षित विषय अध्ययन गर्न चाहनेहरूको लागि भर्ना आवेदन खुल्ला भइसकेको छ भनेर पनि बताए ।’

 

 

 

 

 

 

65ae33cd342e7.jpg 65ae33e9c3eec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको