Like us!
Follow us!
Connect us!
Watch us!

बिम्स्टेक क्षेत्र नेपालको विद्युत व्यापारको नयाँ सम्भावना

गोपाल हुमागाँई

अर्थ संसार

शुक्रबार, २२ भदौ २०८०, ०९ : ४५ मा प्रकाशित

बिम्स्टेक क्षेत्र नेपालको विद्युत व्यापारको नयाँ सम्भावना

चीनका राष्ट्रपति  सी जिङ्पिङले नेपाल भ्रमणको दौरान नेपाललाई नयाँ उपमा दिएका थिए त्यो थियो “भुजडित’’ । नेपाल भुपरीवेष्टित देश भएकोले सामुन्द्रि मार्ग सम्मको सहज र सरल पहुँच स्थापित नभएकोले नेपालले साचे जस्तो औद्योगीक र व्यापारीक उपलब्धी हाँसिल गर्न नसकेको विषयमा नेपालमा चर्चा हुन्छ ।

नेपालले आफ्नो भुजडित विशेषतालाई सम्झेर हवाईमार्ग एवं सामुन्दिक्रमार्गबाट बढि लागत लाग्ने मध्यपुर्वि एसीया, युरोप, अमेरीकी मुलुक भन्दा स्थलमार्गबाट सरल र सहज हुने सार्क एवं बिम्सटेक क्षेत्रमा व्यापार प्रर्वधनमा कदम चाल्नुपर्दछ । नेपालको क्षेत्रीय शक्तिकोरुपमा यस क्षेत्रमा रहँदा आफ्ना व्यापारिक समस्याहरुलाई पनि बलियो रुपमा उठान गर्न सक्छ । 

भुजडित देश भएकोले अन्य मुलुकको मार्फत अन्तराष्ट्रिय हवाई तथा जलयातायातमा पहुँच स्थापित गर्नुपर्ने भएकोले नेपालले सार्क एवं बिम्सटेक मुलुकहरुमा सडक सञ्जालको निर्माण, विद्युत प्रसारण लाईनको विस्तारमा जोड दिने नीति लिनुपर्दछ । भारत, म्यानमार र थाईल्याण्डको बिचमा सडक सञ्जाल  निर्माण गर्ने उदेश्यले अहिले १४०० कि.मि लामो त्रिदेशिय राजमार्ग निर्माण भईरहेको छ ।

त्रिदेशीय राजमार्ग भएपनि बिम्सटेक सदस्य मुलुकहरु नेपाल, भुटान, बंगलादेशले पनि यस राजमार्गबाट मनग्य लाभ लिने देखिन्छ । यो राजमार्गको निर्माण बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक एवंम सांस्कृतिक सहकार्यको  लागी कोसे ढुंगानै साबित हुनेछ । बिम्स्टेक मुलुकहरु बिचका नागरिकहरुको सरल एवं सरल पहँच हुने भएको कारण आगामी दिनमा बिम्स्टेक मुलुकहरु बिचको सहकार्य लामो अवधि सम्म चल्ने देखिन्छ ।

 नेपालले हाल भारत सँग मात्र विद्युत व्यापार गरिरहेकोछ र बंगलादेशसँग व्यापार गर्ने क्रममा रहेको छ । बिम्स्टेक मुलुकहरुको बिचमा अन्तरदेशीय प्रसारण लाईनको निर्माण गर्न नेपालले पहल गरेमा बिम्स्टेक नेपालको बिद्युत व्यापारको लागी नयाँ तथा दिगो बजार हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको