Like us!
Follow us!
Connect us!
Watch us!

पैसा लिएर शुभारम्भ सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ता हारगुहार गर्दै प्रहरीमा

बुधबार, १५ कार्तिक २०७४, २० : ३२ मा प्रकाशित

पैसा लिएर शुभारम्भ सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ता हारगुहार गर्दै प्रहरीमा

अर्थ संसार, नेपालगन्ज - यहाँ सञ्चालित शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको रकम नदिएर सम्पर्कविहीन भएका छन् ।

महिनौंदेखि बचतकर्ताले सो सहकारीसँग बचत रकम माग गर्दै आएकामा भोलि÷भोलि भन्दै टार्दै आएका सञ्चालक तीन दिनदेखि सम्पर्कविहीन भएपछि संस्थामा कार्यरत कर्मचारी समेत आक्रोशित भएका छन् ।

दिनहुँ जसो ठूलो संख्यामा बचतकर्ता सहकारीमा रकम झिक्न गए पनि रकम नपाएर उनीहरू निराश र आक्रोशित भएर फर्किने गरेका छन् ।

सो सहकारीका कूल एक हजार २०० जना बचतकर्तामध्ये २५० बचतकर्ताको रकम सहकारीले दिन सकिरहेको छैन । “सञ्चालकसँग टेलिफोनमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन, कार्यालयमा पनि कहिले ताला लाग्ने र कहिले खुल्ने अवस्था रहँदै आएको छ, सहकारीमा जम्मा गरिएको करिब रु छ लाख झिक्न सकिएको छैन” – त्यहीँकी एक महिला कर्मचारीको दुःखेसो पोखिन् ।

आफूहरूको रकम डुबाएर सञ्चालक फरार भएको भन्दै बचतकर्ता सुषमा केसी, अक्रम अन्सारी, पवन विश्वास, मोहम्मद ताजुद्दिनले सो सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सहायक प्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर थापाले सो संस्थाविरुद्ध मंगलबार उजुरी परेको स्वीकार्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको