Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई निराश मात्रै पार्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन : यो वर्ष पनि हात खाली

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १० : ५१ मा प्रकाशित

सेयरधनीलाई निराश मात्रै पार्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन : यो वर्ष पनि हात खाली

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले यो वर्ष पनि लगानीकर्ताहरूको हात रित्तै बनाउने भएको छ । किनकी कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

कम्पनीकाे हिजाे भदाै २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा पनि सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन । यसरी कम्पनीले लगातार २ वर्षदेखि सेयरधनीहरूलाई निराशा मात्रै दिएकाे छ ।

कम्पनीको साेही बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको