Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियलको मुनाफा ३४ करोड माथि

विहीबार, १६ कार्तिक २०७४, १३ : ११ मा प्रकाशित

प्राइम कमर्सियलको मुनाफा ३४ करोड माथि

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको २०७४/७५ को पहिलो त्रैमासमा  प्राइम कमर्सियल बैंक लिमिटेडले ३४ करोड १७ लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको सोही अवधिमा २५ करोड १० रुपैयाँ खुद मुनाफा गर्न सफल भएको थियो ।

६ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ राखेको छ । निक्षेप ३० दशमलव ८६ प्रतिशतले बढेर ६८ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ संकलन गरी कर्जामा ५९ अर्ब ३ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा भने ७६ दशमलव २८ प्रतिशतले कमीआएको छ । बैंकले संचालन मुनाफा ६९ दशमलव ३४ प्रतिशतले वृद्धि गरि ४३ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १५ करोड ६० लाख रुपैयाँ राखेको छ भने खराबकर्जा १० करोड ३१ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्क्रिर्य कर्जा १ दशमलव ३७ प्रतिशत, प्रतिशेयर आम्दानी २१ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ५५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव ६८ रुपैयाँ र तरलता अनुपात २७ दशमल ९० प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको