Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शोमा रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०२ : ३६ मा प्रकाशित

नाडा अटो शोमा रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५०सिसी डार्क एडिसन र क्लासिक ३५०सिसी क्रोम एडिसन मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले क्लासिक ३५० सिसी क्रोम इडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावतै राखेको छ ।

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सिसी सिङ्गल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको