Like us!
Follow us!
Connect us!
Watch us!

नाडा अटो शोको आज अन्तिम दिन , ७३ हजार बढिले गरे अवलोकन

अर्थ संसार

शनिबार, ३० भदौ २०८०, १२ : १० मा प्रकाशित

नाडा अटो शोको आज अन्तिम दिन , ७३ हजार बढिले गरे अवलोकन

नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ २६ मङ्गलवार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा  अटो शो २०२३’ को आज अन्तिम दिन पनि जारी रहेको छ ।

अटो शो भदौ ३१ आइतबार आज० अर्थात् आजसम्म चल्नेछ । आजसम्म आइपुग्दा नाडा  अटो शोमा दर्शकको उपस्थिति उत्साहजनक रहेको संयोजक अनुपकुमार बरालले अर्थ संसारलाई जानकारी दिएका छन् ।  ‘उद्घाटनको दिनदेखि आजसम्म आइपुग्दा दर्शकको उत्साहजनक उपस्थिति रहेको उनको भनाई छ । आज दिनभर दर्शकको उपस्थिति बाक्लो हुने आयोजकको अपेक्षा रहेको छ । 

अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ । प्रदर्शनीमा चार पाँङ्ग्रे १६ र दुई पाँङ्ग्रे २२ ब्रान्डको सहभागिता छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको अध्यक्ष ध्रुव थापाले जानकारी दिएका छन् ।

अटो शोमा ठूला तथा साना गरी करिव १ सय २० स्टल र ब्लकहरु छन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ । व्यवसाय चलायमान नभएको बेलामा अटो शोमा विभिन्न अटो मोबाइल कम्पनीको उत्साहजनक सहभागिताले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको नाडा अध्यक्ष थापाले जानकारी दिएका छन ।

‘कोभिड सङ्क्रमणको प्रकोप र त्यसपछि क्रमशः आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण अटो व्यवसाय पनि धराशायी हुँदै गइरहेको थियो देशको अर्थतन्त्रको मूल खम्बा रहेको अटो मोबाइल क्षेत्रलाई सरकारले अवहेलना गर्दा हाल समग्र अर्थतन्त्र नै धराशायी भएको उनको भनाइ छ । ‘दुई वर्ष जति कोभिड १९ को महामारीदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै करिब ८ महिना महँगा सवारी साधनामा लगाएको प्रतिबन्धका कारण आज अटो मोबाइल क्षेत्र प्रभावित बनेको हो ।

आज बेलुकी ४ बजेसम्म काठमाडौंको भृकुटी मण्डपमा मेला अवलकन गर्न सकिने आयोजक नाडाले जानकारी दिएको छ । आजसम्म ५० हजारभन्दा बढी भिजीटरले मेला अवलोकन गरेको र आज अन्तिम दिन करिब १५ हजारले मेला अवलोकन गर्ने आयोजकले दाबी गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको