Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ निष्कासन गर्न साधारण सभा गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १७ : १८ मा प्रकाशित

आइपीओ निष्कासन गर्न साधारण सभा गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आइपिओ जारी गर्ने प्रस्ताव सहित असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा अल्फा हाउस रेष्ट्रो  बार एन्ड ब्यांकेट, काठमाडौँमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । उक्त सभामा कम्पनीले साधारण सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ । साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यसका साथै, पुँजी संरचना, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा छलफल हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको