Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सेयर किन्दा फाइदा कि नोक्सान ? कम्पनीको एक विश्लेषण

शुक्रबार, १७ कार्तिक २०७४, ०८ : ३९ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सेयर किन्दा फाइदा कि नोक्सान ? कम्पनीको एक विश्लेषण

व्यवस्थापन समूह :-

अध्यक्ष : राजेन्द्र प्रसाद श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : प्रकाश पौडेल
शाखा : २९
प्रधान कार्यालय : बुटुवल रुपन्देही
वेबसाइट : www.srdb.com.np
स्टक टिकर : एसएचआइएन

विगत ५ वर्षको बैङ्कको महत्वपूर्ण वित्तिय परिसूचकहरु (रू. हजारमा) :-

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-


 

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-

बैङ्कको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७४/७५ आर्थिक वर्ष र २०७३/७४ आर्थिक वर्षबीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ६ दशमलव १५ प्रतिशतबाट घटेर ४ दशमलव ७२ प्रतिशतमा सिमित भएको छ  ।

  • बैङ्कले पहिलो त्रैमाससम्म आइपुग्दा रू. १० अर्ब ९३ करोड निक्षेप संकलन गरी रू.९ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।

  • बैङ्कको खुद ब्याज आम्दानी रू. १४ करोड ६० लाख, कर्मचारी खर्च रू. २ करोड ९४ लाख, अन्य सञ्चालन खर्च रू. २ करोड २८ लाख र सञ्चालन नाफा रू. ९ करोड ७६ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति २१ दशमलव ३८ प्रतिशतले बढेर रू. १७ करोड ५७ लाख पुगेको छ भने  अन्य सम्पत्ति २९ दशमलव ७२ प्रतिशले घटेर रू. ९ करोड ७६ लाख पुगेको छ ।

  • रू. ८ लाख ४० हजार खराब कर्जा उठाउँन बैङ्क व्यवस्थापन सफल भएको छ । पूँजी कोष लागत ७ दशमलव ५५ प्रतिशत र पूँजीकोष पर्याप्तता १५ दशमलव ९४ प्रतिशत रहेको छ ।

  • बैङ्कको चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण अनुसार तरलता अनुपात २० दशमलव ७७ प्रतिशत, प्रति शेयर आम्दानी (वार्षिक)रू. १८ दशमलव ८९, मूल्य आम्दानी अनुपात रू. २१ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १ सय २४ दशमलव २९ पुगेको छ । बिहीवारको शेयर मूल्य नेटवर्थको ३ गुणा छ ।

प्राविधिक विश्लेषण :-

खरीद चाप  : बैङ्कको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप १३ गुणा बढी भएको छ । सो अवधिसम्म ३ हजार ७ सय ४८ कित्ता शेयर खरीद र २ सय ८६ कित्ता शेयर विक्रि गर्ने माग रहेको थियो ।  

बिहीवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती चित्र :-


 
३ अगस्ट २०१७                                 २ नोभेम्बर २०१७

स्ट्याण्डर्ड डेभिएसन


 
३ अगस्ट २०१७                                 २ नोभेम्बर २०१७

आरएसआई


 
३ अगस्ट २०१७                                 २ नोभेम्बर २०१७

मुभिङ् एभरेज

३ अगस्ट २०१७                                 २ नोभेम्बर २०१७

  • मैनबत्ती विश्लेषण : बैङ्कको ५१ दिनको कारोबार अवधिको अन्तिम दिनमा   सेतो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बढ्ने सङ्केत गर्दछ ।

  • आरएसआई : बैङ्कको ५१ दिनको कारोबारमा आरएसआई ओभरशोल्ड जोन (४७ दशमलव ९० स्केल)मा छ । शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैङ्कको ५१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १ दशमलव ९३ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज :  बैङ्कको ५१ दिनको कारोबारमा २६  दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदैँ गएका छन् । हालको मूल्य र २१ दिने मूल्य रेखाभन्दा १४ दिने मूल्य रेखा माथि छ ।  हालको मूल्य रू. ४ सय १० देखि बजारको अवस्था परीवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ३० मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. ४ सय ५ मा टेवा पाउन सक्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको