Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँट, ११० रुपैयाँ कटअफ

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, ०८ : ०५ मा प्रकाशित

नेशनल हाइड्रोपावरको अवितरित हकप्रद सेयर  बाँडफाँट,  ११० रुपैयाँ कटअफ

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड को अवितरित हकप्रद सेयर बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर शिलबन्दी बोलपत्रमार्फत खरिद गर्न आव्हान गरेको थियो।

भदौ १३ गतेदेखि २४ गतेसम्म खुलाएको हकप्रदमा शिलबन्दी बोलपत्रहरु भदौ २९ देखि खुला गर्दै असोज २ गते बाँडफाँट गरिएको हो। 

शिलबन्दी खोलिएपछि सेयरको कटअफ प्राइस ११० रुपैयाँ तय भएको छ। यस मूल्यमा बोलपत्र पेश गरेका आवेदकहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। 

बाँडफाँटको रिजल्ट बिक्री प्रबन्धकको वेबसाइट https://muktinathcapital.com/auction-allotment बाट हेर्न सकिनेछ।

असोज ७ गते आइतबारदेखि बाँडफाँटमा नपरेको सेयर बापतको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको