Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको वित्तीय विवरण धमाधम सार्वजनिक, कुनको नाफा कति ?

शनिबार, १८ कार्तिक २०७४, ०९ : १४ मा प्रकाशित

बैंकको वित्तीय विवरण धमाधम सार्वजनिक, कुनको नाफा कति ?

अर्थ संसार, काठमाडौं - बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको  वित्तीय विवरण धमाधम सार्वजनिक  गरिरहेका छन् ।

२८ वाणिज्य बैंहरुमध्ये अहिलेसम्म ११ वटा बैंकले वितीय विवरण सार्वजनिक गरेका छन् । वित्तिय विवरण सार्वजनिक गरेका वैंकहरु सवैले आफ्नो आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा कमाउन सफल भएका छन् ।

विदेशी मुद्राको कारोबर र  ब्याज आम्दानीको कारण नाफा बढाएको हो। यो समयमा सवै भन्दा धेरै नविल बैंक र सवै भन्दा कम जनता बैंक रहेको छ ।

कुनको नाफा कति ?
नविल बैंक

यस आर्थिक वर्षको पहिलो त्रैमास नबिल बैंकले ८५ करोड १४ लाख नाफा गरेको छ । नबिलले गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा पाँच करोड ३१ लाख बढी नाफा गरेको छ ।

यसले गत आर्थिक वर्षमा ७९ करोड ८३ लाख नाफा नाफा गरेकोमा यो वर्ष ८५ करोड १४ लाख पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक गत वर्षभन्दा यस वर्ष २० करोड ७० लाख बढी नाफा गरेको छ । यसले गत आर्थिक वर्ष ५० करोड ८ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षमा ७० करोड ९५ लाख   पुर्याएको छ ।

एभरेष्ट बैंक

एभरेस्ट बैंक तेस्रो धेरै नाफा कमाउने बनेको छ । एभरेस्टले एक करोड ८० लाखभन्दा बढीले नाफा बढाएको छ । यसले पोहोर वर्ष ५१ करोड ३४ लाख नाफा गरेकोमा चालु आवमा ५३ करोड १४ लाख पुर्याएको  छ ।

एनएमबी बैंक

एनएमबी बैंक यसले गत वर्षको तुलनामा नौ करोड ८२ लाख बढी नाफा गरेको छ । गत आवको पहिलो त्रैमासमा यसले ३५ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । यस वर्ष बैंकको नाफा ४५ करोड १३ लाख पुगेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले ४१ करोड एक लाख नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा उसले ४३ करोड ८४ लाख नाफा गरेको थियो । गत वर्षभन्दा हिमालय बैंकको नाफा घटेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा दुई करोड ८३ लाख रुपैयाँले घटेको छ।

सानिमा बैंक

सानिमा बैंकको नाफा सात करोड २८ लाखले बढेको छ । यसले चालु आवको पहिलो त्रैमासमा ३४ करोड ४४ लाख गरेको छ । गत वर्ष सानिमा बैंकले २७ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो ।

प्राइम कमर्सियल बैंक

 प्राइम कमर्सियल बैंकले गत वर्षभन्दा नौ करोड सात लाखले नाफा बढाएकोे छ । उक्त बैंकले चालु आवको पहिलो तीन महिनामा ३४ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष उक्त बैंकले २५ करोड १० लाख नाफा गरेको थियो।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको पनि नाफा घटेको छ । सिटिजन्सले गत वर्षभन्दा दुई करोड ६१ लाख रुपैयाँले नाफा घटाएको हो । गत वर्ष ३४ करोड ५१ लाख नाफा गरेको बैंकले यस वर्ष ३१ करोड ९० लाख नाफा गरेको छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकको नाफा एक करोड ७६ लाख बढेको छ । गत वर्ष २६ करोड १० लाख नाफा गरेको उक्त बैंकले यस वर्ष २७ करोड ८६ लाख गरेको छ ।

मेगा बैंक

मेगा बैंकले पनि नाफा घटाएको छ । उक्त बैंकको नाफा ६ करोड ५८ लाख घटेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ । गत वर्ष १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकले यस वर्ष आठ करोड ११ करोड मात्र नाफा गरेको छ ।

जनता बैंक

जनता बैंकको नाफा नौ लाख मात्र बढेको छ । गत वर्ष ६ करोड ३९ लाख नाफा गरेको जनताले यस वर्ष ६ करोड ४८ लाख नाफा गरेको छ ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन् । औसतमा हेर्दा चालु आवको पहिलो तीन महिनामा गत वर्षको भन्दा धेरै बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ ।
१७ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । \

बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको ३५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको