Like us!
Follow us!
Connect us!
Watch us!

बोर्ड बैठक यसै साता बस्दै, १२ करोड बारे राष्ट्र बैंकमा छलफल

लोकेन्द्र ढकाल

आइतबार, ०७ असोज २०८०, २२ : ११ मा प्रकाशित

बोर्ड बैठक यसै साता बस्दै, १२ करोड बारे राष्ट्र बैंकमा छलफल

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को  बैठक यसै साता बोलाउने तयारी गरेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार बुधबार या बिहीबारका लागि बैठक बोलाउने तयारी  गभर्नर अधिकारीले गरेका हुन् । विगत वर्षहरुमा बोर्ड बैठक सोमबार या बिहीबार बस्ने गरेकोमा अहिले आवश्यकता अनुसार बस्ने गरेको राष्ट्र बैंक बताउँछ। 

 अहिले राष्ट्र बैंकमा १२ करोडको सेयर धितो कर्जा सीमाका सम्बन्धमा कुराकानी हुने गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ संसारलाई बताए । उनले गत साता अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीको अर्थ मन्त्रालयमा लगातार दुईदिनको भेटघाट पछि गभर्नर अधिकारीले राष्ट्र बैंकमा सेयर धितो कर्जा सम्बन्धी छलफल गर्न शुरु गरेको बताए । 

राष्ट्र बैंक उच्च स्रोतका अनुसार बुधबार या बिहीबार बस्ने बोर्ड बैठकमा १२ करोडको सेयर धितो कर्जाका सम्बन्धमा छलफल हुनसक्छ । तर बजारको हल्ला जस्तो राष्ट्र बैंकले सेयर बजार प्रति लिँदै आएको कसिलो नीतिमा तत्काल धेरै लचिलो हुने सम्भावना कम रहेको स्रोत बताउँछ । 

स्रोत भन्छ, गभर्नर ब्रोकर मार्फत मार्जिन ल्यान्डिङ गराउन चाहन्छन्, तर तत्काल ब्रोकर मार्फत ल्याण्डिङ गराउने सम्बन्धमा नेपालमा मेकानिजम बनिनसकेकाले बैंक मार्फत नै सेयर धितो कर्जाको दायरा केही बढ्न सक्छ । 

राष्ट्र बैंकका एक अधिकारी भन्छन,'अहिले बजारमा राष्ट्र बैंकलाई खाली सेयरमा कडा नीति लियो भनेर आलोचना भइरहेको छ तर राष्ट्र बैंकले समग्र वित्तिय अवस्थालाई सन्तुलनमा राख्दै नीति पुनरावलोकन गर्दै अघि बढ्ने संस्था हो । त्यसैले तत्काल सेयर धितो कर्जा सीमाका सम्बन्धमा राष्ट्र बैंक धेरै उदार हुन् सक्दैन ।' उनले संभवतः बुधबार या बिहीबार बस्ने बोर्ड बैठकमा पनि त्यही अनुसार छलफल अघि बढ्न सक्ने बताए । 

यता अर्थ मन्त्रालयका नव नियुक्त अर्थसचिव तथा राष्ट्र बैंक सञ्चालक समितिका सदस्य डा। कृष्णहरि पुष्करले पूँजीबजारको विकास र विस्तारका लागि गभर्नर महाप्रसाद अधिकारी सकारात्मक रहेको आफूले पाएको बताएका छन् । अर्थ संसारसँगको  कुराकानीमा अर्थ सचिव डा. पुष्करले भने, 'गभर्नर ज्यू पूँजीबजार प्रति सकारात्मक हुनुहुन्छ, वित्त नीति र मौद्रिक नीतिलाई सँगसँगै अघि बढाएर नै समग्र आर्थिक लक्ष्य तथा उदेश्य हासिल हुने हो ।' उनले आउने दिनमा पूँजीबजारका समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको