बैंकहरुमा अधिक तरलताको अवस्था कायमै रहँदा नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।
सोही अनुसार केन्द्रीय बैंकले बुधबार (आज) बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको हो ।
केन्द्रीय बैंकले ६३ दिनका लागि उक्त रकम बजारबाट उठाउन लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । उक्त रकमको साँवा र ब्याज भुक्तानी भदौ ११ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस