Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

अर्थ संसार

मंगलबार, ०६ जेठ २०८२, २० : २९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। डा. विश्वनाथ पौडेल अब राष्ट्र बैंकका १८औं गभर्नर बनेका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पाँच वर्षका लागि गभर्नरको जिम्मेवारी सुम्पिएको हो।

यसअघि आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा डा. पौडेलको नाम पहिलो नम्बरमा रहेको थियो। अन्य दुई उम्मेदवारमा कार्यवाहक गभर्नर डा. निलम तिम्सिना र पूर्व सचिव दिनेश भट्टराई थिए। तीमध्येबाट अन्ततः सरकारको विश्वास डा. पौडेलमा गयो।

डा. विश्वनाथ पौडेल एक बहुआयामी अनुभव बोकेका अर्थशास्त्री हुन्। उनले अमेरिकाबाट Agricultural and Resource Economics मा पीएचडी गरेका छन्। उनी हाल काठमाडौं विश्वविद्यालयका प्रोफेसर हुन्।

पौडेल विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा आर्थिक सल्लाहकार, विश्व बैंकका लागि कन्सल्टेन्ट, साथै सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रो का सञ्चालकका रूपमा पनि उनको योगदान रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको