Like us!
Follow us!
Connect us!
Watch us!

व्यापारिक उत्पादन शुरु नगरेसम्म अब हाइड्रोको संस्थापक सेयर बेच्न नपाइने

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १७ : ४९ मा प्रकाशित

व्यापारिक उत्पादन शुरु नगरेसम्म अब हाइड्रोको संस्थापक सेयर बेच्न नपाइने

धितोपत्र बोर्ड र स्वतन्त्र उर्जा उत्पादकको संस्था इप्पानबीच भएको छलफलबाट व्यापारिक उत्पादन शुरु नगरेसम्म संस्थापक सेयर बेच्न नपाइने सहमति भएको छ ।

छलफलबाट लकइन खुलेपछि संस्थापक सेयर बिक्रीलाई पारदर्शी बनाउन हाइड्रोपावर कम्पनीको लकइन पिरियड सम्बन्धि विभिन्न व्यवस्था गरिएको हो जसअनुरुप अब संस्थापक सेयर बिक्री गरेपछि हुने संचालक समितिको परिर्वतन सम्बन्धमा जलविद्युत कम्पनीको संचालक समितिबाट निर्णय गरी कम्पनीको आगामी साधारण सभाबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने र सोको जानकारी बोर्डमा समेत गराउनुपर्नेछ ।

यसैगरी आधारभूत सेयरधनीको लकइन पिरियड खुलेको जानकारी बोर्ड तथा धितोपत्र बोर्डलाई दिनुपर्नेछ भने सो  सम्बन्धी जानकारी सम्बन्धित कम्पनीको वेबसाईट तथा कम्तिमा एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी लगानीकर्ताहरुलाई समेत जानकारी दिनुपर्नेछ । साथै कम्पनीले सूचना प्रकाशन गरेको १५ दिन पछि मात्र सेयर कारोबार शुरु गर्न सकिनेछ ।

सूचीकृत कम्पनीहरुको संस्थागत सुशासनको अवस्थालाई थप सुदृढ बनाउन प्रचलित कानुनको व्यवस्थासँग सामञ्जस्यता कायम गरी स्वतन्त्र सञ्चालकको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन बोर्डबाट स्वतन्त्र सञ्चालकको योग्यतासहितको रोस्टर तयार गर्ने साथै स्वतन्त्र सञ्चालकबाट पालना गर्नुपर्ने व्यवस्था र प्रवाह गर्नुपर्ने विवरण लगायत आवश्यक कुराहरु तोकिदिने व्यवस्था पूर्णरुपमा पालना भएको हुनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको