Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

अर्थ संसार

विहीबार, ११ असोज २०८०, ०९ : ४४ मा प्रकाशित

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने भएको छ ।

हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै : कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।

अब विदेशमा बसि यस विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्नेछन् । साथै, यो सुविधा लिनुहुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सकिने बैंकले जनाएको छ ।

साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिनु समेत बैंकले अनुरोध गर्दछ ।

6514fa75b671e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको