Like us!
Follow us!
Connect us!
Watch us!

बिवाईडी ब्लेड ब्याट्रीको ब्याट्री परीक्षण ‘नेल पेनिट्रेसन टेष्ट’ सम्पन्न

अर्थ संसार

आइतबार, १४ असोज २०८०, ११ : १६ मा प्रकाशित

बिवाईडी ब्लेड ब्याट्रीको ब्याट्री परीक्षण ‘नेल पेनिट्रेसन टेष्ट’ सम्पन्न

नेपालमा बिवाईडी टो इन्डष्ट्रिज कम्पनी प्रा.लि.को नेपालका लागि आधिकारिक साईमेक्स इन्क प्रा. लि.ले ब्याट्रीको सुरक्षा गुणस्तर प्रवद्र्धन गर्न नेल पेनिट्रेसन टेष्ट गरेको छ ।

नेल पेनिट्रेसन टेष्ट ब्याट्रीको ताप मापन क्षमताको परीक्षण हो। ब्याट्रीको ताप मापन क्षमताको परीक्षण गर्ने सवैभन्दा कठिन भएकोले यसलाई ब्याट्री परीक्षणको ‘माउण्ट एभरेष्ट’ पनि भनिन्छ । हालसम्म बिवाईडीको टेक्नोलोजी पेटेन्ट गराएको ब्लेड ब्याट्रीले मात्र ‘नेल पेनिट्रेसन टेष्ट’ पार गरेको छ।

नेल पेनिट्रेसन टेष्टका बेला कम्पनीले ‘ब्लेड ब्याट्री’को प्रवद्र्धनले यसको सुरक्षाको बारेमा बताएको छ। परम्परागत लिथियम आयन-NCM ब्याट्री, परीक्षणका बेला ५०० डिग्री सेल्सियस भन्दा बढीको खतरनाक उच्च तापक्रम सम्म पुगेर आगो लागेको थियो भने ‘ब्लेड ब्याट्री’को सतहको तापक्रमभने ३०डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियस सम्म पुगि आगो वा विस्फोटको सम्भावना देखिएको थिएन ।

साइमेक्स इंक प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले विद्युतिय गाडी उद्योगको ब्याट्री सुरक्षा मान्यतामा बिवाईडीको ‘ब्लेड ब्याट्री’को महत्व धेरै रहेको बताए । ‘बिवाईडीको ब्लेड ब्याट्रीले ब्याट्री सुरक्षालाई पुनः अगाडी ल्याउँदैछ, यसले कम ध्यान दिइएको उद्योगको यस महत्त्वपूर्ण पक्षतर्फ सम्पूर्णको ध्यानाकर्षण र उचित दिशानिर्देशन गर्नेछ’,  उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको