Like us!
Follow us!
Connect us!
Watch us!

भदौमा धेरै जसो म्युचुअल फन्डको नेट एसेट भ्यालुमा गिरावट

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १३ : २७ मा प्रकाशित

भदौमा धेरै जसो म्युचुअल फन्डको नेट एसेट भ्यालुमा गिरावट

हाल सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ मसान्तसम्मको मासिक वित्तीय विवरण प्रकाशित गरेका छन् जसअनुसार धेरै जसो सामूहिक लगानीको कोषको नेट एसेट भ्यालु (न्याभ)मा गिरावट देखिएको छ ।

विवरण अनुसार आरबिबी म्युचुअल फन्ड १ को न्याभ ९.४७ बाट ९.३६ रुपैयाँमा झरेको छ भने आरबिबी म्युचुअल फन्ड २को न्याभ १०.०९ बाट १०.०२ रुपैयाँमा झरेको छ । एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको न्याभ १०.४८ बाट १०.३४ रुपैयाँँमा झरेको छ । एनआईसी एसिया ग्रोथ फन्डको न्याभ ११.८१ बाट ११.६७ रुपैयाँँमा झरेको छ । यसैगरी एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको न्याभ ११.१८ बाट ११.१० रुपैयाँँमा झरेको छ । एनआईसी एसिया सेलेक्ट ३० को न्याभ १०.५८ बाट १०.४४ मा झरेको छ । एनआईसी एसिया डाइनामिक डेट फन्डको न्याभ भने १०.०४ बाट बढेर १०.०६ रुपैयाँ पुगेको छ ।

लक्ष्मी भ्यालु फन्ड -२ को न्याभ ९.९४ रुपैयाँँ रहेको छ ।
शुभ लक्ष्मी कोषको न्याभ ९.८९ बाट ९.६९ रुपैयाँमा झरेको छ । लक्ष्मी इक्विटी फन्डको न्याभ ९.८२ बाट ९.६१ रुपैयाँमा झरेको छ । लक्ष्मी उन्नती कोषको न्याभ ९.८९ बाट ९.६९ रुपैयाँमा झरेको छ ।

सानिमा लार्ज क्याप फन्डको न्याभ ९.५३ बाट ९.४० रुपैयाँमा झरेको छ । सानिमा इक्विटी फन्डको न्याभ ११.८६ बाट ११.७२ रुपैयाँमा झरेको छ । यसैगरी सानिमा ग्रोथ फन्डको न्याभ १०.१५ बाट १०.१० रुपैयाँमा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको