Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : देशभर बदली रही यी स्थानमा वर्षा हुने

अर्थ संसार

सोमबार, १५ असोज २०८०, ०८ : २२ मा प्रकाशित

आजको मौसम : देशभर बदली रही यी स्थानमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी वायुको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हुँदा देशभर आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । 

अहिले देशमा भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखी सामान्य बदली रहनेछ भने कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाकिँ प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अचानक ठूलो वर्षा हुँदा त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्नसक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको