राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको बताइएको छ।
पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछानेलाई हिजो भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नवीनले उनलाई औपचारिक रूपमा स्वागत गरेका थिए। भ्रमणकै क्रममा मंगलबार लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भाजपाको निमन्त्रणामा जेठ १८ गते भारत प्रस्थान गरेको प्रतिनिधिमण्डलको नेतृत्व सभापति लामिछानेले गरेका छन्। प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस