Like us!
Follow us!
Connect us!
Watch us!

यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो - केपी ओली

अर्थ संसार

बुधबार, २० जेठ २०८३, १३ : ३७ मा प्रकाशित

यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो   - केपी  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताएका छन् ।

उनले विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए ।

उनले भने,‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ । त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् । यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो । प्रतिशोधको पोको हो। शद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।'

आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए ।

ओलीलेभने,‘मेरो सम्पत्ति विवरणमा खरानी भरिदिने मैले । सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको