Like us!
Follow us!
Connect us!
Watch us!

आज देखि सेबोनले विश्व लगानीकर्ता सप्ताह मनाउने, लगानीकर्ताहरुलाई बजार प्रवेश गर्न उत्साही बनाउने

अर्थ संसार

सोमबार, १५ असोज २०८०, ०८ : ३३ मा प्रकाशित

आज देखि सेबोनले विश्व लगानीकर्ता सप्ताह मनाउने, लगानीकर्ताहरुलाई बजार प्रवेश गर्न उत्साही बनाउने

विश्व लगानीकर्ता सप्ताह २०२३ आज देखि नेपाल धितोपत्र बोर्डले मनाउने भएको छ। धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरुपमा लगानीकर्ताहरुको शिक्षा तथा सचेतना अभिवृद्धि गर्न विश्व लगानीकर्ता सप्ताह २०२३ आयोजना गरिने भएको हो ।

सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाहको माध्यमबाट बजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गरी लगानीकर्ता शसक्तिकरण गर्ने रहेको बोर्डले जनाएको छ ।

विश्वमा यो कार्यक्रम १०० भन्दा बढी देशमा अक्टुवर २ देखि ८ सम्म सप्ताहव्यापी रुपमा मनाईदै छ। लगानीकर्ताको सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओएससीओ) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ र यस अवसरमा आइओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड तथा पुँजीबजार सम्बन्ध अन्य पक्षहरुले पनि निरन्तर रुपमा लगानीकर्ता लक्षित विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउँदै आएको छ ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हित सुरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि धितोपत्र बजार सम्बन्धी सूचना तथा गतिविधिहरु सर्वसाधरणमा प्रबाह गर्दै बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नको लागि यो सप्ताह महत्वपूर्ण रहेको छ।

सेयर बजारका विविध विषयहरुमा केन्द्रित रही मनाइने विश्व लगानीकर्ता सप्ताह २०२३ मा बोर्डको अगुवाईमा नेप्से, सिडिएसि, मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ्ग संस्था, स्टक डिलर तथा पिईभिसी कोष व्यवस्थापक समेतको सहभागितामा साताव्यापी रुपमा मनाईने कार्यक्रमहरुको विस्तृत विवरण बोर्डको वेवसाईटमा रहेको छ ।

यस विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा आम लगानीकर्ताहरुमा व्यापक सञ्चार भई उनीहरुमा यस बजार प्रवेश गर्न उत्साही हुने, वित्तीय साक्षरतामा अभिवृद्धि भई लगानीकर्ताले सुसुचित निर्णय लिन सक्ने र यसबाट पुँजीबजारमा स्थीरता तथा विश्वसनियता अभिवृद्धि हुन सहयोग पुग्ने विश्वास बोर्डले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको