Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रबैंकतर्फ लक्षित गर्दै अर्थमन्त्रीले भने, "छिट्टै निर्णय आउने विश्वास लिएको छु"

अर्थ संसार

सोमबार, १५ असोज २०८०, १० : ४५ मा प्रकाशित

राष्ट्रबैंकतर्फ लक्षित गर्दै अर्थमन्त्रीले भने, "छिट्टै निर्णय आउने विश्वास लिएको छु"

अर्थमन्त्री प्रकाश शरण महतले नियमनकारी निकायहरुको माइक्रो म्यानेजमेन्टका कारण सेयरबजारमा गिरावट आएको उल्लेख गर्दै आफूले त्यस बारे छिट्टै केही निर्णय आउने विश्वास लिएको बताएका छन् ।

विश्व लगानीकर्ता सप्ताह -२०२३ को उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले विश्वमा लगानीका नयाँ नयाँ तरिका विकसित भइसक्दा पनि नेपालमा वित्तीय साक्षरताको अवस्था कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरे । लगानीकर्ताले सूसुचित भई लगानीका निर्णयहरु लिनसक्ने वातावरण बनाउन धितोपत्र बोर्डले भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

साना लगानीकर्ताको लगानी सुरक्षित गर्नु जरुरी रहेको पनि अर्थमन्त्री महतले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको