Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया र एभरेस्ट बैंकको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

अर्थ संसार

सोमबार, १५ असोज २०८०, १७ : १५ मा प्रकाशित

एनआइसी एसिया र एभरेस्ट बैंकको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

एनआइसी एसिया र एभरेस्ट बैंकको सेयरमूल्य समायोजन भएको छ ।

बैंकहरुले घोषणा गरेको बोनस दरका आधारमा मूल्य समायोजन भएको हो । एनआइसी एसिया बैंकको २९ प्रतिशत बोनस सेयर र एभरेस्ट बैंकको १० प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । दुवै कम्पनीको आज बुक क्लोज रहेको थियो ।

समायोजित मूल्य अनुसार मङ्गलबार एनआइसी एसिया बैंकको कारोबार ५९०.३१ रुपैयाँमा खुल्नेछ भने एभरेस्ट बैंकको कारोबार ५१४.५५ रुपैयाँमा खुल्नेछ । आज एनआइसी एसियाको अन्तिम कारोबार ७ सय ६१.५ रुपैयाँ र एभरेस्ट बैंकको अन्तिम कारोबार ५६६ रुपैयाँमा भएको थियो ।

एनआइसी एसिया बैंकले कर प्रयोजनार्थ १.५२ प्रतिशत नगदसहित कुल ३०.५२ प्रतिशत र एभरेस्ट बैंकले १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरि २०.५३ प्रतिशत लाभांश घोषणा गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको