Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनीद्वारा वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, ०९ : २५ मा प्रकाशित

भिजन लुम्बिनीद्वारा वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज सोमबार सेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा जम्मा २९,८३० जना आवेदकहरुबाट ७,५२,४८० (जारी गरेको भन्दा ३.९३ गुणा बढी) कित्ता साधारण सेयरको लागि आवेदन प्राप्त भएको थियो । रितपूर्वक आवेदन दिने २९,८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७,५२,३८० कित्ता बाँडफाँडको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये १९,१२५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले १,९१,२५० कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

मुक्तिनाथ क्यापिटलको वेबसाइट  www.muktinathcapital.com  र  iporesult.cdsc.com.np तथा meroshare.cdsc.com.np मार्फत आईपीओको नतिजा हेर्न सकिने छ ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको १० प्रतिशत अथार्त रु.१९,१२,५०,०००/- रकम बराबरको रु.१००/-अंकित दरको १९,१२,५०० कित्ता सेयर असोज १७ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन भईरहेकोेछ।

स्थानीय निष्काशन गरिएको सेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको