Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनी उर्जाको पहिलो चरणको आजदेखि आईपीओ खुल्यो

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, ०७ : १० मा प्रकाशित

भिजन लुम्बिनी उर्जाको पहिलो चरणको आजदेखि आईपीओ खुल्यो

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज भदौ १९ गतेदेखि आईपीओ निष्काशन खुल्ला गरेको छ। 

कम्पनीले  आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। 

तेस्तै सर्वसाधारणलाई लागि छुट्याइएको सेयरको १० प्रतिशतले  १ लाख ९१ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

प्रति सेयर मुल्य भने १०० रुपैयाँ नै तोकिएको छ। 

को हुन् स्थानीय?

कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं। १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ३ लाख ८० हजार कित्ता र  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १९ हजार १२० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिले सम्म दिने आवेदन ?

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असोज २ गतेभित्र आवेदन दिनु पर्नेछ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आरुबा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछन। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमाइन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

परियोजना र लागत 

कम्पनीको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको रहेको छ।  यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको