Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, ०७ : ३८ मा प्रकाशित

सर्वसाधारणलाई भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई खुलाएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कात्तिक १६ गतेदेखि देखि खुला भएको यस आईपीओमा आज कार्तिक २० गते सम्म सम्ममा माग भन्दा धेरै आवेदन परिसकेको छ।   कम्पनीले यस अधि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको पछि सर्वसाधारणलाईआईपीओ निष्काशन गरिएको हो। 

यस जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

अरु जानकारी 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतममा -३ लाख ८० हजार कित्ता

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा कात्तिक २० गते , आवेदन परे ढिलोमा मंसिर १ गते 

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

परियोजना र लागत 

कम्पनीको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको रहेको छ।  यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको