जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी वायुको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हुँदा देशभर वर्षाको सम्भावना रहिरहेको जनाएको छ ।
अहिले देशमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल कोशी, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखी सामान्य बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाकिँ प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
अचानक ठूलो वर्षा हुँदा त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्नसक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस