माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले जारी गरेको शतप्रतिशत हकप्रद सेयरमा अहिलेसम्म कुल आवेदनको २५ प्रतिशत मात्रै आवेदन परेको छ ।
एकपटक समय थपेर उक्त समय पनि सकिन लाग्दासमेत सिडिएससीको वेबसाईट अनुसार हकप्रदमा एक चौथाई मात्र आवेदन परेको छ । कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गरेको थियो । १०० रुपैयाँ अङ्कित १० करोड ५९ लाख कित्ता मध्ये हालसम्म २ करोड ६६ लाख ५२ हजार ७ सय ५१ कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले भदौ १८ गतेदेखि हकप्रद निष्कासन खुलाएकोमा अब असोज २२ गतेसम्म आवेदन दिने समय रहेको छ । डिम्याट नभएका खाताबाट पनि ठूलो मात्रामा आवेदन आएको हुँदा सिडिएससीको तथ्यांकमा नदेखिएको कम्पनीको भनाई छ । हकप्रदको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस