Like us!
Follow us!
Connect us!
Watch us!

मलेखुमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दुई बालकको मृत्यु, पृथ्वी राजमार्गमा अवरोध

अर्थ संसार

बुधबार, १७ असोज २०८०, ०९ : ०० मा प्रकाशित

मलेखुमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दुई बालकको मृत्यु, पृथ्वी राजमार्गमा अवरोध

धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२-००१ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्धलेक गाउँपालिका-६ घर भएका निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको मृत्यु भएको हो । उनीहरु दुवैजना स्थानीय बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ । बिहान ट्युसन पढ्न जाने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।

घटनापछि प्रहरी ट्रक चालक ४१ वर्षीय अशोक बम्जनलाई नियन्त्रणमा लिएको छ । आक्रोशित स्थानीयले भने पृथ्वी राजमार्गमा सवारी आवागमनमा अवरोध गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको