Like us!
Follow us!
Connect us!
Watch us!

सिडिएससीका अनुसार लगानीकर्ताले यी कुरामा ध्यान दिनै पर्छ

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १४ : ३९ मा प्रकाशित

सिडिएससीका अनुसार लगानीकर्ताले यी कुरामा ध्यान दिनै पर्छ

सिडिएससीले विश्व लगानीकर्ता सप्ताहका अवसरमा धितोपत्र कारोबार गर्दा लगानीकर्ताले ध्यान दिनै पर्ने कुराहरुका बारेमा जानकारी दिएको छ । लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्ने बेला निम्न विषयमा जानकारी लिनुपर्दछ :

१. धितोपत्र कारोबारको राफसाफ सम्बन्धमा
क. धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट टि+२ मा हुने भएकोले राफसाफ समय भित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरे बराबरको रकम निर्धारित समयमा जम्मा गरि सक्नु पर्ने हुन्छ ।
ख. इडिआइएस, क्लोजआउट तथा धितोपत्रको भारित औसत लागत सम्बन्धमा :
अ. कारोबार गरेको भोलिपल्ट भित्र इडिआइएस गरि आफुले बिक्री गरेको धितोपत्र सम्बन्धीत ब्रोकरको पुल खातामा जम्मा गरि सक्नु पर्नेछ।
आ. आफ्नो खातामा भएको फ्री ब्यालेन्स सेयर मात्र बिक्री गर्न मिल्ने हुँदा मेरोशेयरमा फ्री ब्यालेन्स रहेको यकिन गरि बिक्री गर्नु पर्नेछ र तोकिएको समय भित्र इडिआइएस गरि सक्नु पर्ने हुन्छ अन्यथा क्लोजआउट बापत २०% जरिवाना तिर्नु पर्ने हुन्छ ।
इ. पूँजीगत लाभकर गणनाका लागि आफुले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्नु अघि भारित औषत लागत तथा सर्ट-टर्म, लङ्ग-टर्म होल्डिङ गणना गर्नु पर्ने हुन्छ ।

२. हितग्राही खाता तथा मेरोसेयर प्रत्येक बर्ष नविकरण गर्नु पर्ने हुन्छ ।
३. मेरोशेयरको युजरनेम र पासवर्ड लगायत हितग्राही खातासँग सम्बन्धीत विवरण गोप्य राखि सिडिएससिको आधिकारिक प्रणाली मात्र प्रयोग गर्नु पर्छ ।
४. धितोपत्रको सार्वजनिक निश्कासनमा एक भन्दा बढि हितग्राही खाता बाट आवेदन गर्न हुँदैन ।
५. घरायासी तथा मृत्यु नामसारी गर्दा सम्बन्धीत निक्षेप सदस्य मार्फत आवश्यक कागजात रुजु गराई सोहि निक्षेप सदस्य मार्फत प्रकृया अगाडि बढाउनु पर्ने हुन्छ ।
६. सार्बजनिक निश्कासनमा आएका धितोपत्र सम्बन्धी पर्याप्त जानकारी लिई मात्र लगानी गर्नु पर्ने हुन्छ । 
७. धितोपत्र कारोबार गर्दा हुने जोखिम लगायत अन्य पर्याप्त जानकारी लिएर मात्र कारोबार गर्नु पर्ने हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको