Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारका लगानीकर्ताहरु अर्थमन्त्री ,गभर्नर र धितोपत्र बोर्ड अध्यक्षको घर मै पुग्ने तयारी

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १९ : ४९ मा प्रकाशित

सेयर बजारका लगानीकर्ताहरु अर्थमन्त्री ,गभर्नर र धितोपत्र बोर्ड अध्यक्षको घर मै पुग्ने तयारी

पूंजी बजार सुधारको माग सहित सेयर बजारका लगानीकर्ताहरुहरुले अर्थमन्त्री गभर्नर र धितोपत्र बोर्ड अध्यक्षको घर मै पुगेर सुझाव दिने तय गरेको छन्। 

लगानीकर्ताहरु शनिवार गभर्नर महाप्रसाद अधिकारीको घरमा, आइतबार सेबोन अध्यक्ष रमेश हमाल निवासमा र सोमबार अर्थमन्त्री प्रकाशशरण महतको निवासमा पुग्ने कार्यक्रम तय गरेको लगानीकर्ता तिलक कोइरालाले अर्थसंसारलाई जानकारी दिए। 

पूँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सहित आन्दोलनमा यस अघि तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरुले आन्दोलन गरेका थिए।  त्यस अघि पूँजी बजार सुधार संघर्ष समिति गठन गरेर १० दिन सम्म तिलक कोइराला अनसन बसेका थिए। 

राज्य तथा नियामकको नीतिका कारण निरन्तर सेयरबजार खसेको तर कसैले पनि आफुहरु प्रति मतलब नगरेको भन्दै  लगानीकर्ताहरुले अब मन्त्रि तथा नियामकको घर मै पुगेर सुझाव दिने कार्यक्रम तय  गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको