नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि(गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५Mpbs को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०५ सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।
भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ ःदउक इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०५ सम्म छुटका लागि योग्य हुनेछन्। त्यसैले यस अभियानको नाम ूचाडमा चौकाू राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।
यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरू यसप्रकार छन्स्
मङ्सिर ९ गतेसम्म मान्य रहने यो अविश्वसनीय अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ।
भायानेटको बारेमा
भायानेट सबैभन्दा उत्कृष्ट सम्भावित मूल्यमा सबैभन्दा राम्रो डिजिटल अनुभव निरन्तर रूपमा उपलब्ध गराएर आफ्ना ग्राहकहरूको जीवनलाई समृद्ध बनाउने आफ्नो मिशनद्वारा संचालित छ। भायानेट नेपालमा एक अग्रणी इन्टरनेट र टिभी समाधान प्रदायक हो र आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै उपयोगको लागि नयाँ र नवीन इन्टरनेट समाधान प्रदान गर्दै आएको छ।
इन्टरनेट योजनाहरूको बारेमा थप जानकारीको लागि यो ठेगानामा भिजिट गर्नुहोला
http://www.vianet.com.np/chadmachauka2080
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस