घलेम्दी हाइड्रोले चुक्ता पुँजीको दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले नवौं साधारणसभाबाट १:२ अनुपातमा हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने निर्णय पारित गराएको थियो । कम्पनीले हकप्रद निष्कासनबाट उठेको रकम संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्ने योजना बनाएको छ । पिकिङ रन अफ द रिभर योजनामा बन्ने छुजुङ्ग खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता ६३ मेगावाट रहेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । अब १:२ अनुपातमा १०० रुपैयाँ अङ्कित ११ करोड कित्ता हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी तीन गुणा अर्थात १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रदको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस