साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ स्थीर रहेको छ ।
साताभरी उच्च उतारचढाव गरेको सुनको मूल्य शुक्रबार भने घटबढ भएन । आज छापावाल सुन प्रति तोला एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ अघिल्लो साता मात्रै तीन हजार चार सय रुपैयाँले घटेको थियो भने यो साता पनि सुनको भाउमा प्रतितोला २२ सय रुपैयाँको गिरावट आएको थियो । त्यस यता भने बुधबार र बिहीबार गरि दुई दिनमा सुनको भाउमा सात सयले बढेको थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबारदेखि स्थिर रहेको चाँदी सोमबार प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस