Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

अर्थ संसार

आइतबार, २१ असोज २०८०, २१ : १८ मा प्रकाशित

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको थप उत्सुक बनाइदिएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयासम्म क्यासव्याक दिइने छ । क्यासव्याक रकम पिओएस, क्वीआर पेमेन्ट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।

6522cc446e640.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको