घलेम्दी हाइड्रोको दुई सय प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय गरिएको छ ।
असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले दुई सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि कार्तिक ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले चुक्ता पुँजीको दुई सय प्रतिशतले हुन आउने एक करोड १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले संखुवासभामा रहेको ६३ मेगावाटको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ हकप्रद निष्कासन गर्न लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस