Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फन्डले इकाईधनीको खातामा पठाउन थाल्यो लाभांश

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १० : २१ मा प्रकाशित

सानिमा इक्विटी फन्डले इकाईधनीको खातामा पठाउन थाल्यो लाभांश

सानिमा इक्विटी फन्डले आर्थिक वर्ष २०७९/८० को मुनाफा र सञ्चित कोषबाट घोषणा गरेको लाभांश खातामा पठाउन थालेको छ ।

सानिमा बैंक कोष प्रबर्द्धक र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले आफ्ना इकाईधनीहरुलाई करसहित १८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । लाभांश वितरण प्रयोजनार्थ फन्डले  असोज १४ गते एक दिन एकाईधनी दर्ता किताब बन्द गरेको थियो ।

सोही अनुसार असोज १३ सम्म अभौतिक इकाई धारण गरेका इकाईधनीलाई योजनाले असोज २२ गतेदेखि बैंक खातामै नगद लाभांश पठाउन शुरु गरेको हो । यसैगरी हालसम्म डिम्याट खातामा इकाई जम्मा नगराएका इकाईधनीहरुलाई पनि सानिमा क्यापिटलमा सम्पर्क गरि डिम्याट खाता नम्बर अपडेट गराउन पनि अनुरोध गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको