माण्डु हाइड्रो र हाथवे इन्भेस्टमेन्टको सेयर नेप्सेमा सुचीकृत भएको छ ।
आज असोज २३ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडबीच ५० रुपैयाँ चुक्ता मूल्य रहेको दुई करोड ३४ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो ।
कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको १२.५ प्रतिशतले हुन आउने २९ लाख २५ हजार कित्ता र संस्थापकको ८७.५ प्रतिशतले हुन आउने २ करोड ४ लाख ७५ हजार कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा HATHY सिम्बोलमार्फत खरिदबिक्री हुनेछ ।
यसैगरी माण्डु हाईड्रोपावर लिमिटेड र नेप्सेबीच एक सय रुपैयाँ चुक्ता मूल्य रहेको एक करोड ३६ लाख ३६ हजार तान सय ७० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको छ । कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो ।
कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३ सय ७० कित्ता र संस्थापकको ८८ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा MANDU सिम्बोलमार्फत खरिदबिक्री हुनेछ ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात भोलिबाट नेप्सेमा उक्त कम्पनीहरुको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस