Like us!
Follow us!
Connect us!
Watch us!

अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारवाही गर्ने नेप्सेको चेतावनी

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १८ : ०९ मा प्रकाशित

अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारवाही गर्ने नेप्सेको चेतावनी

नेपाल स्टक एक्सचेञ्जले अनाधिकृत रुपले नेप्सेका तथ्यांकहरुको प्रयोग गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।

नेप्सेको कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा (४) अनुसार निवेदन दिन सूचना प्रकाशित गर्दै नेप्सेले अनाधिकृत रुपले तथ्यांकहरुको प्रयोग नगर्न सम्पूर्ण प्रयोगकर्तालाई अनुरोध गरेको हो ।

नेप्सेले ‘प्रयोगकर्ता’ भन्नाले “नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ अनुसार नेप्सेको प्रणालीमा सिर्जित तथ्यांक प्रयोग गर्ने लगानीकर्ता, तथ्याङ्क व्यापारी, वित्त विश्लेषक, औजार विकासकर्ता, सञ्चारमाध्यम, विद्यार्थी, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था सबै पर्ने पनि उल्लेख गरेको छ । तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ नेप्सेको वेबसाईटमा प्राप्त गर्न सकिने नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको