Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मिड सोलु हाइड्रो र भगवती हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १२ : १३ मा प्रकाशित

नेप्सेमा मिड सोलु हाइड्रो र भगवती हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर सूचीकृत भएको छ ।

आज असोज २४ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडबीच १०० रुपैयाँ चुक्ता मूल्य रहेको ७४ लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआईसी एसिया क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो । 

कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको २० प्रतिशतले हुन आउने १४ लाख ९६ हजार आठ सय कित्ता र संस्थापकको ८७.५ प्रतिशतले हुन आउने ५९ लाख ८७ हजार दुई सय कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा MSHL सिम्बोलमार्फत खरिदबिक्री हुनेछ । नेप्सेले मिड सोलु हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

यसैगरी भगवती हाईड्रोपावर लिमिटेड र नेप्सेबीच एक सय रुपैयाँ चुक्ता मूल्य रहेको ५७ लाख २० हजार ६ सय ४७ कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको छ । कम्पनीले सर्वसाधारण समक्ष सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री गरेको थियो ।

कम्पनीको सेयर संरचना अनुसार सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड भएको कुल सेयरको २५ प्रतिशतले हुन आउने १४ लाख ३० हजार १ सय ६२ कित्ता र संस्थापकको ७५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार चार सय ८५ कित्ता सेयर सूचीकरण गरिएको हो । उक्त कम्पनीको सेयर नेप्सेमा BGWT सिम्बोलमार्फत खरिदबिक्री हुनेछ । नेप्सेले भगवती हाइड्रोको पहिलो कारोबारको लागि १२०.४१ रुपैयाँ देखि ३६१.२३ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात भोलिबाट नेप्सेमा उक्त कम्पनीहरुको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको