Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डहरूले फ्याके पहिलो दिन नै हाथवे र मान्डु हाइड्रोको कोटामा आएका सेयर !

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १० : २७ मा प्रकाशित

म्युचुअल फण्डहरूले फ्याके पहिलो दिन नै हाथवे र मान्डु हाइड्रोको कोटामा आएका सेयर !

नेप्सेमा मङ्गलबार सूचीकृत भएका हाथवे र मान्डु हाइड्रोको बुधबार अधिकतम मूल्य मै  कारोबार खुल्यो। बुधबार स्पेशल प्रिओपन सेसनमा हाथवेको २८५.२० रुपैयाँ र मान्डुको ३७३.२० रुपैयाँमा किनबेच शुरु भएको थियो । नेप्सेले हाथवे इन्भेस्टमेन्टलाई न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतममा रु. २८५.२७ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको थियो भने मान्डु हाइड्रोले न्यूनतम १२४.४२ रुपैयाँदेखि अधिकतममा ३७३.२६ रुपैयाँ रेञ्ज पाएको थियो ।

दुबै कम्पनीको बुधबारको कारोबार अन्त्य सर्किट लेभल मै भयो। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बुधबारको अन्तिम कारोबार मूल्य ३१३.७० रुपैया रह्यो भने माण्डु हाईड्रोपावर लिमिटेडको ४१०.५० रुपैया। दुवै सर्किट लेभल मै बन्द भए। नेप्सेमा माण्डु हाईड्रोपावर लिमिटेडको एक सय रुपैयाँ चुक्ता मूल्य रहेको एक करोड ३६ लाख ३६ हजार तान सय ७० कित्ता साधारण सेयर सूचीकरण भएको छ । उक्त कम्पनीको सेयर नेप्सेमा MANDU सिम्बोलमार्फत खरिदबिक्री हुँदैछ ।यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ५० रुपैयाँ चुक्ता मूल्य रहेको दुई करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । उक्त कम्पनीको सेयर नेप्सेमा HATHY सिम्बोलमार्फत खरिदबिक्री हुँदैछ ।

तर कारोबार खुलेको पहिलो दिन नै म्युचुअल फण्डले आरक्षण वापत पाएको आईपीओ सेयर बेचेको भेटिएको छ। म्युचुअल फण्डहरूले कम्पनीको आईपीओ फाल्न हतार नै गरेको देखिन्छ । सर्वसाधारणको हातमा ठूलो मात्रामा सेयर जम्मा हुनु अगाडी नै फण्डको रणनीति भने भएको सेयर फालेर भाग्ने गरेकै देखिन्छ।  दोस्रो बजारमा फितलो प्रदर्शन गरेका फण्डलाई यस कोटा मार्फत १०० रुपैयाको लगानीमा नाफा बुक गर्न आईपीओ कारोबारमा आएको पहिलो दोस्रो दिन नै भ्याई न भ्याई भएको देखिन्छ। 

नेपालमा कुनै पनि कम्पनीले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्दा ५ प्रतिशत सामूहिक लगानी काेष अर्थात् म्युचुअल फण्डहरूलाई छुट्याउनु पर्ने प्रावधान रहेकाे छ । 

सामान्यत म्युचुअल फण्डहरुलाई बजार निर्माताका रुपमा व्याख्या गर्ने गरिन्छ । समग्र बजार र लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा बजारलाई सम्हाल्ने भुमिका संस्थागत लगानीकर्ताहरुबाट अपेक्षा गरिएको हुन्छ । तर पछिल्लो समय म्युचुअल फण्डहरूले गरेकाे देख्दा भने म्युचुअल फण्डहरूलाई आईपीओमा कोटा दिनु भनेकाे सर्पलाई दुध पिलाउनु जस्तै भएकाे छ ।  म्युचुअल फण्डहरूले बजार सम्हाल्नुकाे सट्टा उल्टै चलखेल गरेकाे पाइन्छ । नयाँ कम्पनीहरूकाे बजारमा काराेबार सुरू भएकाे दिन नै आईपीओ बेच्न म्युचुअल फण्डहरूकाे तछाड मछाड हुन्छ । कोटामा पाएको आईपीओ पनि एक दिन त के एक घण्टा पनि टिकाउन सक्दैनन् म्युचुअल फण्डहरूले । याे कुरा हामीले पछिल्ला दिनहरूमा दाेश्राे बजारमा सूचिकृत भएका कम्पनीहरूकाे फ्लाेर सीट हेर्ने हाे भने त्यहाँबाट पनि पुष्टि हुन्छ ।

 

 

 

65277c0cbfead.jpg 65277c0ccabaf.jpg 65277c0cf21cf.jpg 65277c0d12ee8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको