Like us!
Follow us!
Connect us!
Watch us!

नीतिले खल्बल्याएको सेयरबजारमा देखिएन सुधार, बिहीबार २० अङ्कको गिरावट

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १५ : १२ मा प्रकाशित

नीतिले खल्बल्याएको सेयरबजारमा देखिएन सुधार, बिहीबार २० अङ्कको गिरावट

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनले खल्बलिएको सेयरबजारमा बिहीबार थप २०.१६ अङ्कको गिरावट आएको छ । यस साताको शुरुआत देखि नै लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको थियो ।

आइतबार ३५ अङ्क, सोमबार १२.५८ अङ्क तथा मङ्गलबार पनि बजार १९.०६ अङ्कले घटेको बजार बिहीबार थप २०.१६ अङ्कले घटेर १८७४.६ अङ्कमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८ करोड ८५ लाख ४७ हजार नौ सय ८० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर एक अर्ब ७० करोड १ लाख २९ हजार आठ सय १५ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ हाथवे इन्भेस्टमेन्ट र सयपत्री हाइड्रो कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेमा सिटी होटल, बाराही हाइड्रो र बलेफी हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ८ प्रतिशत भन्दा बढी घट्न पुगे ।

बिहीबार होटल एन्ड टुरिजम उपसूचक सर्वाधिक ३ प्रतिशतले घट्दा हाइड्रो उपसूचक १.५९ प्रतिशत र नन लाइफ उपसूचक १.५२ प्रतिशतले घटे । आज म्युचुअल फन्ड उपसूचक भने ०.१६ प्रतिशतले बढ्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ आजै लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर रह्यो । यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एसबिआई बैंक र सिद्धार्थ बैंक शीर्ष चार उच्च कारोबार हुने कम्पनीमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको