Like us!
Follow us!
Connect us!
Watch us!

बीमा ऐन विपरित काम गरेको भन्दै सेबोन र बिमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दर्ता गर्दै लगानीकर्ताहरु

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १८ : २० मा प्रकाशित

बीमा ऐन विपरित काम गरेको भन्दै सेबोन र बिमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दर्ता गर्दै लगानीकर्ताहरु

प्रचलित ऐन विपरित विरुद्ध प्रिमियममा आईपीओ सेयर जारी गर्न दिएको भन्दै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबाेन )अध्यक्ष रमेश हमाल र बीमा प्राधिकरण विरूद्द अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन्। 

लगानीकर्ताहरुले बीमा ऐन २०७९ को दफा ४५ को ५ लाई तेकेर मुद्दा हाल्ने तयारी गरेका हुन्। 

के छ बीमा ऐन २०७९ को दफा ४५ को ५ मा ?

बीमा ऐन २०७९ को दफा ४५ मा विवरणपत्र तथा सेयर निष्कासन सम्बन्धी व्यवस्था छ। साेही दफाको ५ मा सर्वसाधारणमा आईपीओ जारी गर्दा अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने व्यवस्था छ। अर्थात उक्त ऐनले प्रिमियममा आईपीओ दिन मिल्ने कुरा उल्लेख गरिएको छैन। 

बीमा  ऐनमा नभएको व्यवस्थालाई बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले प्रयोग गरेर आईपीओहरु जारी गर्न दिएको भन्दै मुद्धा हाल्ने तयारीमा लगानीकर्ता लागेको जानकारी अर्थसंसारले प्राप्त गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको