चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ । बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीले दाबी गरेको छ ।
प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस